कपिलबस्तुको बाणगंगामा एक बेवारीसे शब फेला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलबस्तु । कपिलबस्तुको बाणगंगामा एक बेवारीसे शब फेला परेको छ । बाणगंगा नगरपालिका वडा नं २ प्रतिभा सामुदायिक बन र वडा नं ३ राजापानी सामुदायिक बन क्षेत्रको बीच जंगलमा नाम थर, वतन नखुलेको अन्दाजी ३५,४० बर्षका एक पुरुष सोमबार बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

घटनाको कारण भने अझै खुलेको छैन । टाउकोमा सानो चोट र ब्लड देखिन्छ ,मापसे सेवन गरेर लड्दा उक्त घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । घटनास्थलमा शबको जाँच मुचुल्का तयार गरी शवलाइ हाल परिक्षणको लागि पिपरा अस्पतालको शव गृहमा राखिको छ । उक्त शवको अहिले सम्म पहिचान नखुलेको हुँदा निम्न हुलिया अनुसार आफन्तलाई सम्र्पकमा आइदिन इलाका प्रहरी कार्यालय पिपरा अनुरोध गरेको छ ।

वर्ण गहुगोरो, उचाई ५ फिट ५ ईन्च, पातलो शरिर, कालो दाह्री जुंगा पालेको, खैरो टिर्सट, कालो ट्राउजर लगाएको दाहिने हातको नाडीमा खोपेर विजय चौ लेखेको लेखिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *