जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीमा बाढीले भैँसी बगाउँदा २ भैँसीको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका–१४ ढाबमा शुक्रबार साँझ आएको बाढीले ४ भैंसी बगाउँदा २ वटा भैंसीको मृत्यु भएको छ भने २ भैंसी घाइते स्थानीय तारा प्रसाद न्यौपानेले जनहित अनलाइन सगँ बताएका छन ।
स्थानीय टेकराज बेल्वासेका २ भैंसीको मृत्यु भएको र यादव प्रसाद न्यौपानेका २ भैंसी घाइते भएको जनाइएको छ ।
घाइते भएका भैंसीलाई राति करिब १० बजे उद्दार गरिएको छ ।


