जनहित अनलाइन, कपिलवस्तु । १५औं कपिलवस्तु महोत्सवको बाह्रौ दिन आईतबार चर्चित आधुनिक गायक रमेशराज भट्टराई आउने भएका छन् ।
आईतबार भट्टाराई संगै लोकदोहोरी गायिका राधिका हमाल, बालगायिका जिया भुसाल लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले जानकारी दिए ।
शनिबार राजनराज, थारु गायिका अन्जु कुस्मी, नेपालकै होचो मान्छे, जादुगर लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए ।
यसैबीच शनिबा। १३औं कपिलवस्तु डान्स आईडलतर्फका ७ जना प्रतिस्पर्धीहरुले प्रस्तुति राखेको डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् । तिमध्ये रविना रास्कोटी मगर बाहिरिएको उनले जानकारी दिईन् ।
रविनालाई ससम्मान विदाई गरेको उनले बताईन् ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।
कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव पुष २ गतेसम्म चल्ने छ ।


