हेपाहा छिमेकी प्रति सांसद पन्थीको कडा आपत्ति

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले लिम्पियाधुरा–लिपुलेक क्षेत्र नेपालको लागि रणनीतिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण भु-भाग भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् टिप्पणी गर्दै यो क्षेत्रलाई भारतले हडप्ने प्रवृत्ति देखाएको भन्दै कडा आपत्ति जनाएका हुन् ।

सांसद पन्थीका अनुसार लिम्पियाधुरा–लिपुलेक दिल्लीको नजिकको भारत–चीन व्यापारिक नाका मात्रै नभई कैलाश–मानसरोवर तीर्थयात्राको महत्वपूर्ण मार्ग पनि भएकाले यसको रणनीतिक महत्व झन् बढेको छ । “ब्रिटेन, भारत सरकारले पटक–पटक प्रकाशित गरेका नक्सा र महाकाली नदीको मुख्य धारा सहितका ऐतिहासिक प्रमाणहरूले यो भुभाग नेपालको हो भन्ने स्पष्ट देखाउँछ,” उनले भनेका छन् ।

उनले नेपालका दुर्गमता, दूरी र काठमाडौंको कमजोरीको फाइदा उठाउँदै भारतले यस क्षेत्रमाथि मिचाहा प्रवृत्तिमा दाबी गर्दै आएको आरोप लगाएका छन् ।

यस्तै उनले भारतलाई यो भु-भाग आवश्यक भए नेपालले एक स्वरमा कुटनीतिक पहलमार्फत् मात्रै समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।  “भारतलाई यो भुभाग जरुरी भए, नेपालले पहिलो चरणमा सट्टापट्टा र दोस्रो चरणमा लिजमा दिने–लिने प्रक्रियाबाट समाधान खोज्न सकिन्छ, ” पन्थीले सामाजिक संजालमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *