हिलबर्ट स्कुलद्वारा मस्तिष्कघात बाणगंगाका पीडित थापाको उपचारमा आर्थिक सहयोग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 कपिलवस्तु ।  कपिलवस्तुको बाणगंगा २ पिपरा स्थित क वर्गको विद्यालय हिलबर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुलले उपचारार्थ आर्थिक सहयोग प्रदान गरि उदाहरणिय कार्य गरेको छ ।

उक्त स्कुलले बाणगंगा ८ लौगाई स्थित हाल बैदेशिक रोजगारको शिलशिलामा दुवैमा कामको शिलशिलामा उच्च रक्तचापका कारण मष्तिष्क घात भई अस्पतामा उपचाररत बिष्णु थापाको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।

विद्यालयले मष्तिष्कघात पिडित बिष्णु थापाकी श्रीमती सरु थापालाई रु ३२ हजार आर्थिक सहयोग गरि उदारहणीय कार्य गरेको छ । थापालाई ब्लड प्रेसरका कारण मष्तिष्कघात भएको हो । उहाँको दुवैमा रहेको एक अस्पतालमा उपचार भईरहेको छ । सोहि अवस्थालाई मध्यनजर गर्दै पिडितको घाउमा मल्हम लगाउने उद्देश्यले शिक्षक, कर्मचारी, विद्यार्थी लगायत विद्यालय परिवारले उक्त सहयोग प्रदान गरेको विद्यालयका प्रबन्ध निर्देशक बुद्धिराम पौडेलले बताउनुभयो । सोहि बमोजिम काउन्सील, विद्यालय प्रशासन, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले संयुक्त रुपमा रकम संकलन गरि प्रदान गरिएको हो ।

शिक्षामा मात्र नभई विद्यालयले हरेक क्षेत्रलाई उत्तिकै प्राथमिकता दिई यस्ता सामाजिक र मानवीय कार्यमा कार्यमा अगाडि बढिरहेको शबताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *