जनहित अनलाइन, कपिलवस्तु । हिमालयन लाइफ इन्स्योरेन्स जितपुर शाखाद्वारा घातक रोगको दाबी भुक्तानी गरिएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुर निवासी प्रेम गिरीको घातक रोगको दाबी भुक्तानी गरिएको हो ।
गिरी काठमाडौको गंगालाल अस्पतालमा उपचार पछि उनको स्वास्थ्य अवस्था सुधार भैरहेको परिवारले जनाएको छ । परिवारले समयमै इन्स्योरेन्स गरेकोले अहिले उपचारमा सहज भएको बताएका छन । आर्थिक अभाको समयमा उपचार खर्चको आधा भन्दा धेरै भुक्तानी पाएको भन्दै विरामी प्रेम गिरीले खुसी समेत व्यक्त गरे ।
हिमालयन लाइफ इन्स्योरेन्स जितपुर शाखाका प्रमुख पिताम्बर पाण्डेले लाइफ इन्स्योरेन्स सुखमा भन्दापनि दुखमा साथि बन्दै आएको बताउनुभयो । दुखमा परका परिवारलाई सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै बिरामी गिरीको स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।