जनहित अनलाइन, कपिलवस्तु । चौथो स्थापना दिवसको अवसरमा स्थापना दिवसको अवसरमा नवयुग शिक्षक पेशागत सहकारी संस्थाले ३ जना शिक्षकहरुलाई सम्मान गरेको छ । विभिन्न विषयमा मुल्यांकन गरि ३ जना शिक्षकहरुलाई जनही ५ हजार ५ सय ५५ नगद र कदर पत्रबाट सम्मान गरिएको संस्थाका सचिव भरतराज न्यौपानेले जनहित अनलाइन सङ्ग बताउनुभयो ।
स्व.शुशिला पङेनी नवयुग उत्कृष्ट शिक्षक पुरस्कार २०८१ बाट बाणगङ्गा मा.वि. गजेहडाका शिक्षक छवि घिमिरे, स्व। सोमलाल तिवारी नवयुग उत्कृष्ट शिक्षक पुरस्कार २०८१ बाट जनसेवा मा.वि. पाणिनी-७ का गोविन्द पौडेल र भिमार्जुन पवित्रादेवी नवयुग उत्कृष्ट शिक्षक पुरस्कार २०८१ बाट सिदार्थ मा.वि. बुद्धभूमि-१, कपिलवस्तुका भोजराम खनाल सम्मानित हुनुभएको सचिव न्यौपानेले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मुख्य मन्त्री कार्यालय लुम्बिनी प्रदेशका उप-सचिव मोहन अर्यालले पछिल्लो समय केही सहकारीले गर्दा सहकारी भन्ने नाम नै बदनाम भैरहेको भन्दै शिक्षकहरुको सहकारीले त्यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै संस्थाका अध्यक्ष गोविन्द पोख्रेलले आफुहरुले विगतदेखी नै शिक्षकहरुको क्षमता र मनोबल बढाइ गरि समग्र शिक्षा क्षेत्रलाई नै माथी उठाउन लागिपरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल शिक्षक महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पङ्गेनी, संस्थाका पदाधिकारी, शिक्षक लगायतको सहभागिता रहेको थियो ।
अन्तरसम्वाद समेत रहेको कार्यक्रम नवयुग शिक्षक पेशागत सहकारी संस्था लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द पोखरेल अध्यक्षता, उपाध्यक्ष बाबुराम घिमिरेको स्वागत र सचिव भरतराज न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।






