सिद्धार्थ क्याम्पस कक्षा १२ का विद्यार्थीलाई विदाई

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थ क्याम्पसको आयोजनामा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । विदाई सहित वार्षिक परिक्षाको लागि सफलताको शुभकामना र नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले जिल्लाकै उत्कृष्ट क्याम्पस बाट प्लस टु गरेको भन्दै उच्च शिक्षाको लागि पनि यहि क्याम्पसमा भर्ना हुनेमा विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय प्लस टु पछि धेरै विद्यार्थी विदेशीने गरेको भन्दै अब हामि बाटै त्यो प्रक्रिया रोक्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै उपाध्यक्ष घिमिरेले आजका विद्यार्थी भोलीका कर्णधार भएको भन्दै विद्यार्थीले देशको नेतृत्व लिने हिसावले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालि कॉंग्रेस जिल्ला सचिव शक्ति सिंह ठकुरी, क्याम्पस व्यवस्थापन समिति प्रमुख डम्मर शर्मा, क्याम्पस प्रमुख वेदराम अर्याल, नेविसंघ जिल्ल अध्यक्ष चन्द्रकान्त पोख्रेल, अनेरास्ववियु जिल्ला अध्यक्ष निषान खड्का, निवर्तमान स्ववियु् सभापति निलकमल थारु लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै स्ववियु सभापति मनोज न्यौपानेले वार्षिक परिक्षाको लागि सफलताको शुभकामना दिदै कार्यक्रम सफल पार्न सहयोग गरेको भन्दै सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो ।
शिक्षक, विद्यार्थी, स्ववियु पदाधिकारी लगायतको उपस्थिती रहेको कार्यक्रम स्ववियु सदस्य नविन आचार्यको स्वागत तथा सचिव अर्चना आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *