चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुमै उत्कृष्ट पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसको नवनिर्मित ३ तले भवनको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । ३ तला र १२ कोठा सहितको उक्त भवनको आज एक कार्यक्रमका बिच बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै अर्यालले अहिले नगर,जिल्ला बाहिर बाट थुप्रै क्याम्पसले गाडि पठाई विद्यार्थी लगेर जाँदा शिक्षामा नगरलाई निकै प्रतिस्पर्दा गर्नु परेको बताउँदै नगर भित्र उपलब्ध रहेका बिषयमा गुणस्तरीय शिक्षा र दक्ष जन शक्ति उत्पादन गरेका थुप्रै उदारणहरु भएको हुँदा गर बाहिर जाने प्रवृति रोक्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका पुर्व अध्यक्ष तथा भुमि आयोग कपिलवस्तुका अध्यक्ष झबिन्द्र पोख्रेलले क्याम्पस रहेको जग्गा क्याम्पसकै नाममा नरहेको भन्दै अहिले उक्त समस्या समाधान गर्ने आफू प्रतिबद्ध रहेको भन्दै त्यसमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष डम्बर शर्माले विगत देखि नै क्याम्पसले धेरै ठक्कर खादै यहाँ सम्म आएको भन्दै क्याम्पसलाई प्रदेश हुँदै देशमै उत्कृष्ट बनाउने बताउनुभयो । क्याम्पस जिल्ला भित्रका मात्र नभएर अर्घाखाँची सहित छिमेकी जिल्लाका विद्यार्थीहरुको पनि शैक्षिक गन्तव्य रहेको भन्दै शैक्षिक गुणस्तरलाई वृद्धि गर्दै लैजाने बताउनुभयो ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख बेदराम अर्यालले क्याम्पस स्थापना देखि आजसम्म यात्रा सङ्क्षिप्तमा स्मरण गर्नुभयो । त्यस्तै क्याम्पस प्रमुख अर्यालले नव निर्मित भवनलाई विभिन्न निकाय बाट प्रदान गरिएको बजेट प्रस्तुत गर्नुभयो ।
वाणगंगा नगरपालिकाले ७७/७८मा ३५ लाख ७८/७९ मा ३०,लाख,७९/८० मा २५ लाख, ८०/८१ मा २० लाख र ८१/८२ मा १५ लाख बजेट बाँडफाँड गरेको बताउनु भयो । यस्तै लुम्बिनी प्रदेश सरकारको तर्पmबाट ७८/७९ मा ५ लाख,७९/८० मा २० लाख, ८०/८१ मा १० लाख बजेट बाँडफाँड भएको जानकारी दिनु भयो । क्याम्पसले जनश्रमदान १५लाख १२ हजार ८ सय ५४ रुपैँया लगानी गरेसंगै जम्मा १ करोड ६५ लाख १२ हजार ८ सय ५४ रुपैँया लगानी रहेको क्याम्पस अर्यालले बताउनु भयो ।
स्ववियु सभापति मनोज न्यौपानेले समग्र क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै पक्ष मिलेज जानुको विकल्प नरहेको बताउनुभयो । अब सिद्धार्थ क्याम्पसमा पनि नयाँ कोर्षहरु अध्यापन गराउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा संचालक समिति, पदादीकारी, शिक्षक, विधार्थी, सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको कार्यक्रममा सञ्चालक समिति उपाध्यक्ष रवि बहादुर काफ्लेको स्वागत तथा प्राध्यापक कुलराज भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


