सहकारीका बचतकर्ताहरुले गरे जीबी राईलाई पक्राउ गर्न माग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गीतेन्द्रबाबु राई अर्थात जीबी राई संस्थापक र सञ्चालक रहेको भरतपुरको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थासहित पाँच सहकारीका बचतकर्ताहरुले काठमाडौंमा सहकारी सम्बद्ध विभिन्न निकायका पदाधिकारीलाई भेटेर आफ्नो माग राखेका छन् ।

बचत रकम हिनामिना गरी फरार भएका जीबी राईलाई तत्काल समाउन र पीडित बचतकर्ताहरुले पैसा फिर्ता पाउने वातावरण बनाउनुपर्ने उनीहरुको माग छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई आइतबार भेटेर उनीहरुले सहकारीको बचत फिर्ता नपाएका पीडितहरुको समस्या समाधान गर्ने सम्बन्धमा विभिन्न उपाए र मागहरुसहितको ज्ञापनपत्र बुझाएका छन् ।

सहारा सहकारीमा जीबी राईसहित ३८ जनालाई प्रतिवादी बनाए पनि हालसम्म दुईजना मात्रै पक्राउ परेको र जीबीसहित अन्य फरार रहेको हुँदा सबैलाई पक्राउ गर्न उनीहरुले माग गरेका छन् ।

त्यसैगरी सहकारीबाट ऋण लिएका अन्य ऋणिलाई कार्यविधि तयार गरी ऋण बुझाउन आहृवान गर्ने र ऋण चुक्ता गर्ने ठाउँ पनि तोक्न आफूहरुले माग गरेको चितवन सहारा बचत पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले बताए ।

ऋण चुक्ता गर्छु भन्ने ऋणिलाई ऋण तिर्ने ठाउँ तोक्दिए सहारा चितवनमा तत्कालै १७ देखि १८ करोड रुपैयाँ उठ्ने सम्भावना रहेको दुवाडीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *