सस्ता र साना प्याकेज घटाउँदै टेलिकम, महँगा प्याकको मारमा सेवाग्राही

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । नेपाल टेलिकमको भ्वाइस र डेटा सेवा शुल्क महँगो भएपनि धेरैले प्याकेज र अफरहरुको लाभ उठाउँछन् । अहिले टेलिकम कम्पनीबीच प्याकेजहरुमा नै बढी प्रतिस्पर्धा छ । निजी सेवा प्रदायकसँग प्रतिस्पर्धी क्षमता बढाउन भइरहेकै प्याकेजहरू सस्तो बनाउनुपर्ने बेलामा सरकारी स्वामित्वको नेपाल टेलिकमले ठीक उल्टो बाटो समातेको छ ।

नेपाल टेलिकमले नयाँ बजार रणनीति बनाएर थोरै मूल्यका साना प्याकेजहरु निरुत्साहित गर्न थालेको छ । प्याकेजको संख्या धेरै भएको भन्दै टेलिकमले ग्राहकले धेरै रुचाएका र धेरै प्रयोगमा रहेका प्याकहरु नै हटाएर ठूला र महँगा प्याकहरू ल्याउन सुरू गरेको छ ।

यसले गर्दा ग्राहकलाई ठूलो प्याकेज किन्न र धेरै मूल्य एकैपटक तिर्न बाध्यता आइपर्न थालेको छ । ठूलो अकारको डेटा प्याकेजहरु बिक्री गर्ने र त्यसबाट बढी आय गर्ने गरी टेलिकमले प्याकेजहरुको पुनर्संरचना गर्न थालेपछि धेरै ग्राहकहरु मर्कामा हुन् ।

सबै समयमा उपयोग गर्न सकिने ९अलटाइम० भ्वाइस र डेटा, टेलिकमबाट टेलिकमकै फोन कल गर्न मिल्ने ९एनटी टू एनटी० भ्वाइस प्याकसहित सर्वसाधारणले आवश्यकताअनुसार दैनिक उपयोगमा खरिद गर्न मिल्ने डेटा र भ्वाइस प्याकहरु महँगो बनाइएको हो ।

रवीन्द्र घिमिरे

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *