सर्पले डसेको चार दिनपछि एक बालकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पूर्वी नवलपरासी । चार दिन अघि घरमै सर्पले डसेको एक बालकको आज बिहान मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार मध्यबिन्दु नगरपालिका-१२ ज्वाइँथरका ७ वर्षीय बालक प्रिजन कुमाललाई घरमै खेल्दै गर्दा गत शुक्रबार सर्पले डसेको थियो ।

चितवन मेडिकल कलेजमा उपचाररत उनको अवस्थामा सुधार नभएपछि चिकित्सकले सोमबार घर लैजान भनेका थिए । उनलाई मंगलबार बिहान घरमा ल्याइएको हो । पूर्वी नवलपरासीमा गोमन, करेतलगायतका बिषालु सर्पको बिगबिगी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *