जनहित अनलाइन, कपिलवस्तु । लोकसेवा पास गर्नु फलामको चिउरा चपाउनु जस्तै हो । त्यसै माथि एक वर्षमा चार वटा लोकसेवाका परिक्षा पास गर्नु सानो चुनौती थिएन । सरकारी जागिरसंगै रमाउने धेरैले सपना बुनेका हुन्छन तर केही ब्यक्तिले मात्रै सपना प्राप्त गर्दछन । अर्घाखाँचीका एक युवा एक बर्षमै लोकसेवामा ४ ठाँउमा नाम निकाल्न सफल भई आफुलाइ उदारणको पात्र बनाएका छन ।
अर्घाखाँचीको शितगंगा १३ सिमलपानिमा जन्मिएका ऋिषिराम विश्वकर्मा यतिबेला सबैको प्रसंशाको पात्र बनिरहेका छन । बुबा यम बहादुर वि.क र आमा विष्णु कुमारी वि.क.का जेठो सन्तानको रुपमा रहेका उनी सानै देखि पढाइमा मेहनती र लगनशिल रहेका थिए । उनको एक बहिनी र एक भाई पनि रहेका छन ।
बुद्ध नि.मा.वि बाट आफ्नो शैक्षिक यात्रा सुरु गरेका उनले कक्षा ३ देखी ५ सम्म राता माटा प्रा.वि ठाडा, कक्षा ६ देखि १२ सम्म ज्योती मा.वि ठाडा, स्नातक र स्नातकोत्तर पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्क बाट सकेका हुन ।
विभिन्न क्षेत्रमा रुची राख्ने उनी सगँ विभिन्न क्षेत्रमा काम गरेको अनुभव समेत रहेको छ । वि.स.२०६५ साल देखी वि.स २०६९ सम्म रेडियो अर्घाखाँचीमा सञ्चारकर्मीको रुपमा काम गरेका उनी २०६८ मा बुद्ध आधारभुत विद्यालयमा निजि स्रोत शिक्षकका रुपमा काम गरिसकेका छन । २०६९ सालमा शिवादह माध्यमिक विद्यालयमा करार दरबन्दीमा कारर्यरत भई वि.स.२०७१ मा प्रा.वि स्थायी रुपमा नै सिफारिस हुन सफल भए । वि.स.२०७१ मा नै नि.मा.वि. वैकल्पिकमा समेत नाम निकालेका थिए । वि.स.२०७८ संघीय प्रा.स वैकल्पिकमा नाम निकाल्न सफल भए । त्यस्तै २०८० मा शिक्षा प्रशासनको शिक्षा अधिकृतको रुपमा गण्डकी प्रदेशमा वैकल्पिकमा छनोट भएका थिए । उनी भन्छन “विभिनन आरोह अवरोहको विचमा २०८१ खाल भने निकै फलदायी बनेयो ”
यस्तो छ उनको २०८१ सालको लोकसेवा यात्रा
२०८१ गण्डकी प्रा.स सिफारिस (खुला)
२०८१ लुम्बिनी प्रा.स सिफारिस (खुला)
२०८१ कोसि प्रास प्रथम पत्र उत्तीर्ण सिफारिस भैसकोले दोस्रो पत्र नदिएको
२०८१ शिक्षा अधिकृत गण्डकी प्रदेश सिफारिस (खुला)
२०८२ संघीय विद्यालय निरीक्षकमा सिफारिस ९(खुला)
यहि भाद्र १ गते बाट उनी शिक्षा विकास तथा समन्वय इकाई, सिन्धुपाल्चोकमा शाखा अधिकृतको रुपमा सिफारीष भएका छन । यतिबेला उनका सुभचिन्तकले प्रशंसा गर्दै बधाई दिरहेका छन । सानै देखि अनुशासित,सरल मिलनसार स्वभावका अहिले समाजमा एक गत्तिलो उदारणसंगै प्रेरणाको स्रोत बनेका छन ।


