संखुवासभामा ४.४ म्याग्निच्युडको भूकम्प

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । संखुवासभामा भूकम्प गएको छ । आज राति ११ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभाको मगहाङ केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प मापन भएको छ।

भूकम्पको धक्का महसुस भएपछि स्थानीय आत्तिँदै घर बाहिर निस्किएका थिए ।

भूकम्पले क्षति पुर्याए/नपुर्याएको थाहा हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरण एकिन गरेर पठाउन प्रहरी युनिटलाई भनिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *