श्रीलंकन नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याएर बन्धक, पाँच पाकिस्तानी पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । युरोपियन देशहरु पठाउने प्रलोभनमा पारेर श्रीलंकन नागरिकहरूलाई नेपाल ल्याएर होटेलमा बन्धन बनाएर राखेको आरोपमा चार पाकिस्तानी नागरिक पक्राउ परेका छन्।

वैदेशिक रोजगारका लागि क्यानडा, रोमानिया, ग्रिस लगायतका देशहरूमा पठाउने भन्दै उनीहरूलाई श्रीलङ्काबाट नेपाल ल्याएर होटेलमा राखेर पासपोर्ट नियन्त्रणमा लिई बन्धक बनाएको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

उनीहरूमाथि प्रहरीले विभिन्न किसिमका धाकधम्की दिई, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगद समेत लिई जबरजस्ती बन्धक बनाई राखेको आरोप लगाएको छ। बन्धकहरूलाई मुक्त गर्दै प्रहरीले पाकिस्तानी नागरिक जुबेर अम्जाद, शाहजेहान तानबिर, मलिक अब्दुल हमिद र आरिफ मसिहलाई पक्राउ गरेको छ।

प्रहरीले यस अगाडि युरोप पठाउने भन्दै नेपालमा ल्याएर भारतीय नागरिक बन्धक बनाएको आरोपमा भारतीय नागरिकहरू पक्राउ गरेको थियो। केही दिन अगाडि बङ्गलादेशी नागरिक बन्धक बनाएको आरोपमा भारतीयहरू पक्राउ परेका थिए। अहिले पाकिस्तानी नागरिकहरू पक्राउ परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *