जनहित अनलाइन, कपिलवस्तु । अहिले नेपालमा बढीरहेको बढ्दो बेरोजगार बाट दिक्क भएका युवा धमाधम वैदेसीक रोजगारमा गैरहेका छन । उनीहरु आफुले सोचेको जस्तो भविष्य नेपालमा बनाउन नसक्ने भन्दै बाध्य भएर विदेशीनु परेको बताउँछन ।
तर कपिलवस्तुको चारनम्बरका एक युवा भने शेयर कारोबार बाट गरेको आम्दानीले आफ्नै ठाउँमा ‘ब्रदर्स हेल्मेट एन्ड गेयर सप’ खोल्न सफल भएका छन । चारनम्बरका पवन काफ्लेले शेयर बजार बाट गरेको आम्दानीले उक्त सप खोल्न सफल भएका हनु ।
हामि सङ्ग कुरा गर्दै उनले आफु केहि समय वैदेशीक रोजगारमा गएको भएपनि अहिले भने आफ्नै ठाउँमा आएर व्यापार व्यवसाय गर्न थालेको बताए । सपमा मोटरसाइकल तथा स्कुटीका लागि आवश्यक हाफ तथा फुल हेल्मेट, मोडिफाइडका सामान, हातमा लगाउने ग्लब्स, चेस्ट गाड, गोग्स, मोन्कि मास्क, कि– चेन, लगायतका आवश्यक सामाग्रि पाइने उनले बताए ।