शिव मन्दिर सामुदायिक वनका सल्लाहकार तथा उपसमिति बिच परिचयात्मक कार्यक्रम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । वन व्यवस्थापन समितिलाई सक्रिय बनाउने उद्देश्यले बाणगंगाको शिव मन्दिर सामुदायिक वनले सल्लाहकार तथा उपसमिति बिच परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । समितिको काम र कर्तव्यलाई चुस्त दुरुस्त गराई वनको उचित विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्जु सारु मगरले नगरका २ वटा वडामा फैलिएको वनको संरक्षणमा समितिका पदाधिकारी, सल्लाहकार सङ्गै उपभोक्तको विशेष भुमिका रहने बताउनुभयो ।

त्यस्तै बाणगङ्गा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष छबि रेस्मि मगरले बाणगङ्गाको मुटु मानिने जितपुर क्षेत्रमै रहेको शिव मन्दिर सामुदायिक वनलाई एक पर्यटकिय स्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै वन उपभोक्ता समुहका अध्यक्ष झलक मल्ल ठकुरीले बाणगङ्गाका जनप्रतिनिधिले वनलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाको भवन सङ्गै सटेको सामुदायिक वनलाई नगरले सहयोग गर्ने हो भने यस वनलाई आर्थिक उपार्जनको एक महत्त्वपूर्ण स्रोतको रुपमा विकास गर्न सकिने बताउनुभयो ।No description available.

कार्यक्रममा सल्लाहकारहरुले वनले विगत भन्दा धेरै राम्रो कार्यको थालनि गरेको बताएका छन् । उनिहरुले यस वनलाई पर्यापर्यटन संग जोडेर लैजानुपर्नेमा जोड दिएका छन । कार्यक्रममा वनका सल्लाहकारहरु डोलकराम घिमिरे, विष्णु थापा, मदन शाहि लगाएतले सुझाव राख्नुभएको थियो ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *