शितगंगामा दुई दिने मेलमिलाप सहजकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु ।  अर्घाखाँचीको शितगंगा नगरपालिकामा दुई दिने मेलमिलाप सहजकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पालिका भित्र हुने विभिन्न विवाद तथा समस्याहरुलाई कसरी प्रभावकारी ढङ्ग बाट समाधान तथा मेलमिलाप गर्न सकिन्छ भन्ने उद्देश्यले उक्त अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
शितगंगा न्यायीक समितिको आयोजना, अर्घाखाँची जिल्ला अदालत सन्धिखर्कको सहजीकरणमा संचालन भएका उक्त कार्यक्रमको पहिलो दिन नगरपालिकाका १४ वटै वडाहरुमा गठन भएका न्यायीक समितिका पदाधिकारी तथा सदस्यहरु बिच वडा तथा नगरमा आएका विभिन्न विवाद तथा उजुरीहरु माथि कसरी निष्पक्ष, तटस्थ रहि दुवै पक्षको जीत हुनेगरी मेलमिलापको तह सम्म पुग्न सकिन्छ भन्ने बारे छलफल भएको थियो ।
नगर उप प्रमुख तथा न्यायिक समिति संयोजक गिता भाटको अध्यक्षता, नगर प्रमुख छविलाल पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेय, शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जि.सी., जिल्ला अदालत अर्घाखाँचीका श्रेस्तेदार नारायण पौडेल, सूचना अधिकारी टेकराज गैरे, १४ वटै वडाका वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *