वीर अस्पतालमा विद्युत् अवरुद्ध हुँदा उपचारमा समस्या

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । वीर अस्पतालमा विद्युत् अवरुद्ध भएको छ । बिहान करिब १०–११ बजेदेखि ट्रान्समिटर पड्केर विद्युत् अवरुद्ध भएको हो ।दिनभर विद्युत् नहुँदा उपचारमा समस्या देखिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार दिनभरि जेनरेटरको प्रयोग गरिएकाले हाल १ घण्टामा १५ देखि २० पटक विद्युत् अवरोध भइरहेको छ । ‘करिब बिहान १०–११ बजेदेखि बत्ती छैन,’ स्रोतले भन्यो, ‘विद्युत् नहुँदा मोबाइलको बत्ती बालेर बिरामी जाँची रहेका छौँ ।’

क्जष्खबm ऋझभलत
बिहानदेखि विद्युतीय उपकरण प्रयोग गरेर गरिने अधिकांश उपचार तथा चेकजाँच अवरुद्ध भएको छ । बिहानदेखि विद्युत् अवरुद्ध हुँदा पनि हालसम्म मर्मत हुन नसकेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *