विभिन्न माग राख्दै संयुक्त एम्बुलेन्स चालक संघ कपिलवस्तुले बुझायो ज्ञापनपत्र

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन संघ जिल्ला शाखा कपिलवस्तुले शुक्रबार जिल्ला प्रशासन कार्यालय तौलिहवामा ज्ञापनपत्र बुझाएको छ ।संघले बुझाएको ज्ञापनपत्रमा सरकारले जारी गरेको राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ लाई चालक तथा सञ्चालक विरोधी भन्दै सच्याउन माग गरिएको छ ।

उक्त निर्देशिकाका कारण देशभरका करिब ८० प्रतिशत एम्बुलेन्स नवीकरण हुन नसकेको र करिब ६ हजार एम्बुलेन्स चालक विस्थापित हुने जोखिममा रहेको संघले जनाएको छ ।

संघका अध्यक्ष कमल घिमिरेले राज्यले एम्बुलेन्सलाई अति आवश्यक सेवाको रूपमा माने पनि चालकहरूको सुरक्षातथा स्वास्थ्य अधिकारमा बेवास्ता गरिएको बताए । “कोरोना महामारीमा ठूलो जोखिम मोल्दा पनि चालकलाई कुनै सम्मान वा जोखिम भत्ता दिइएन, अहिले त निर्देशिकाका कारण रोजगारी नै संकटमा छ,” अध्यक्ष घिमिरेले भने ।

संघले बुझाएको ज्ञापनपत्रमा ११ बुँदे माग राखिएको छ । मुख्य मागहरूमा अस्पतालहरूले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहज रूपमा नवीकरण गर्ने, चालकलाई स्वास्थ्य तालिम, स्वास्थ्य सामग्री र न्यूनतम औषधि निःशुल्क उपलब्ध गराउने, परिचयपत्र र ड्रेसको व्यवस्था गर्ने, जोखिम भत्ता दिने र एम्बुलेन्स चालकलाई राष्ट्रिय सेवक घोषणा गर्ने आदि छन् ।

त्यस्तै, चालकका बालबच्चालाई छात्रवृत्तिको व्यवस्था गर्ने, स्वास्थ्य बीमा उपलब्ध गराउने, राज्यका निर्णयमा संघको सहभागिता सुनिश्चित गर्ने र हरेक वर्ष कम्तीमा पाँच जनालाई राष्ट्रिय सम्मान दिने माग पनि गरिएको छ ।

संघले तत्काल माग सम्बोधन नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ ।

May be an image of ticket stub and text

May be an illustration of ticket stub and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *