जनहित अनलाइन, कपिलवस्तु। कपिलवस्तुको बाणगङ्गामा डबल क्याप जिपको ठक्करबाट घाइते भएकी ३ वर्षकी बालिकाको मृत्यु भएको छ ।
आज सोमबार बिहान चप्परगाउमा भएको दुर्घटनामा घाइते भएकी अप्सना भुसालको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।पश्चिम बाट पुर्व तर्फ जादै गरेको लु ३ च ३३९५ नम्बरको डबल क्याप जिपले ठक्कर दिदा चप्परगाउँ निवासी भुसालका आमा र छोरी घाइते भएका थिए । सामान्य घाइते रहेकी मृतककी आमा रिता भुसाल लाई उपचार पछि घर रिफर गरेको अस्पतालले जनाएको छ ।
बिहान करिब १० बजे आमा संगै विद्यालय जाने क्रममा आमा र छोरीलाई उक्त गाडिले ठक्कर दिएको हो।स्रोतका अनुसार मृतक भुसाल श्री सुर्यदय आधारभुत बिदालय चप्परगाउमा बालविकासमा अध्यन गर्थिन ।
चालक र गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ।