लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ०८३ को नीति तथा कार्यक्रम आज सोमवार ल्याउँदैछ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको छैटौँ अधिवेशनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा सम्बोधन गर्ने कार्यसूचीमा समावेश गरिएको छ ।

प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन थालेको हो । यथार्थ धरातललाई आधार मानेर सरकारले नीति तथा कार्यक्रम ल्याउन थालिएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *