लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल ।  नवनियुक्त प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार नियुक्त भएलगत्तै अर्यालले शपथ लिएका हुन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले उपाध्यक्ष डा.अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण  गराएका हुन् ।   त्यसलगत्तै उपाध्यक्ष अर्यालले सदस्यमा नियुक्त डा.सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकाललाई शपथ ग्रहण गराएका छन् ।
प्रदेश योजना अयोग गठन तथा कार्य सञ्चालन आदेश २०८० को दफा १६ बमोजिम उपाध्यक्ष तथा सदस्यहरूले अनुसूची २ बमोजिम ढाँचामा बमोजिम पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय गरेको थियो । शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको सुखद भविष्य निर्माण गर्न तथ्य र प्रमाणमा आधारित योजनाहरूलाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन समेत दिएका छन् ।

आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको आकाङ्क्षा पुरा गर्न प्रदेश योजना आयोगले तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन निर्देशन दिएका हुन् । पहिलो आवधिक योजनाको जगमा प्रदेश उभिएको  जिकिर गर्दै उनले अब दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *