रुपन्देहीमा धान बोकेको ट्याक्टरसँग स्कुल बस ठोक्किँदा २१ जना विद्यार्थी घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल ।  रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको ट्याक्टर एक आपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन् ।

मंगलबार बिहान नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको लु१ख ८६७५ नम्बरको स्कुल बस र लु३त ३५३० नम्बरको ट्याक्टर ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १३ जनाको युनिभर्सल मेडिकल कलेज, भैरहवामा उपचार भइरहेको छ भने ४ जनाको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ । अन्य ४ जना सामान्य उपचारपछि डिस्चार्ज भएर घर फर्किएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा संलग्न बस र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *