रायमाझी थुनामा पर्दा अर्घाखाँचीका धेरै योजना अलपत्र परेः घिमिरे

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले टोप बहादुर रायमाझी थुनामा पर्दा अर्घाखाँचीको विकासमै असर परेको बताएका छन । विगतमा भएको आफुहरुको सहकार्यलाई स्मरण गर्दै अहिले रायमाझी नहुँदा कयौँ योजनाहरु अलपत्र परेको बताएका हुन ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ९ मा माघ १ गते भएको ११ औँ बरादह माघि एवम सांस्कृतिक मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । रायमाझीलाई विभिन्न शक्तीले जेल भित्रै सडउने योजना गराएको भन्दै अदालतले त्यसलाई उल्टाउनेमा आफु विश्वस्त रहेको बताउनुभयो । अर्घाखाँचीको विकासमा रायमाझीको योगदान कहिल्यै नहराउने उहाँले बताउनुभयो ।

स्थानिय कला तथा संस्कृतिको सम्मान र जगेर्ना गरौँ, बराहदहलाई धार्मिक एवंम पर्यटकिय रूपमा प्रबद्र्धन गरौँ, भन्ने मुल नारा सहित शितगंगा नगरपालिका वडा नम्बर ९ को आयोजना, प्रगतीशिल युवा क्लब र सुन्दर समाज युवा क्लबको सहआयोजनामा मेला सम्पन्न भएको हो । मेलामा राष्ट्रिय कलाकार जालुमाया गुरुङ लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।

वडा नम्बर ९ का अध्यक्ष भिम के.सी. को अध्यक्षतामा भएको उक्त कार्यक्रममा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी रामबाबु अर्याल, वडा नम्बर १० का वडा अध्यक्ष केषश बेल्वासे, वडा नम्बर ९ का वडा सचिव खगेन्द्र तिरुवा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चारकर्मी अनिता क्षेत्री र भक्तिराम घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *