राप्रपा बाणगंगाको उपाध्यक्षमा घिमिरे मनोनीत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाणगंगा नगर कार्य समितिको उपाध्यक्ष पदमा हरि प्रसाद घिमिरे मनोनीत हुनुभएको छ । शनिवार उहाँलाई राप्रपा नगर अध्यक्ष गिरिराज कंडेलले मनोनीत गर्नुभएको हो ।

लामो समयदेखि राप्रपामा सक्रिय घिमिरेले वर्तमान अवस्थामा देश र जनताको लागि राप्रपाकै विचार, सिद्धान्त र एजेण्डा उपयुक्त रहेकोले सबै नेपाली त्यस तर्फ सचेत हुन आवश्यक रहेको बतउनुभयो । नगर सहित सिङ्गो जिल्लामा पार्टीलाई बलियो बनाउन डटेर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *