राती ९ बजेपछि रुपन्देहीमा देउसीभैलो खेल्न नपाइने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रुपन्देही । रुपन्देहीमा देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । तिहार सुरु भएपछि खेलिने देउसी भैलो खेल्ने क्रममा मापसे गरेको पाइए कानून अनुसार कारवाही पनि हुने भएको छ ।

रुपन्देही जिल्ला सुरक्षा समतिको बैठकले देउसी भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने र देउसी भैलोमा सहभागीहरुले मादक पदार्थ सेवन गर्न नपाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी डा।टोकराज पाण्डेले तिहार लक्षित अपराध हुन र शान्ति सुरक्षा खलबलिन नदिन यस्तो गरेको बताए । जेन जी आन्दोलनपछि उत्पन्न परिस्थिति अनुसार समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिन रुपन्देही प्रशासनले चाडपर्व लक्षित सुरक्षा योजना बनाई जिल्लाका १६ वटै पालिकामा परिपत्र समेत गरिसकेको छ ।

सुरक्षा योजना आइतबारदेखि शुरु भई छठको अर्को दिनसम्म लागू हुने छ । सुरक्षा योजना अनुसार रुपन्देहीका १६ वटै पालिकामा सादा पोशाकमा पर्याप्त प्रहरी खटाउने, सुरक्षा निकायले गस्ती बढाउने छ । छठ घाटहरुको स्थान निर्धारण गरी तारबार र डोरी टांगेर दुर्घटनाबाट सुरक्षित बनाउने निर्णय प्रशासनले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *