कपिलवस्तु । स्थापना भएको १ बर्षमै उत्कृष्ट नतिजा निकाल्न सफल, कोरियन र जापनीज भाषाको हव मिराई ल्याङ्गवेज सेन्टरले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा मानवीय तथा सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेको छ ।
विक्रम संवत २०८२ साल जेठ १८ गते गते स्थापना गरिएको प्रथम स्थापना दिवसको अवसरमा कपिलवस्तु वालगृहका वालकहरुलाई खाना खुवाउने तथा शैक्षिक सामग्री प्रदान गरि मनाएको छ ।
संस्थाको प्रथम स्थापना दिवसको अवसरमा फजुल खर्च नगरि कपिलवस्तु वाल गृहमा रहेका वालकहरुलाई १ छाक भोजन तथा शैक्षिक सामग्री प्रदान गरिएको संचालक माधव घिमिरेले जानकारी दिनुभएको छ ।
सामग्री ग्रहण गर्दै कपिलवस्तु वालगृहका प्रमुख राम प्रसाद अर्यालले यो सामानले वालगृहमा भएका वालकहरुलाई केहि दिनका लागि भए पनि पुग्ने भन्दै संस्थाको सफलताको शुभकामना दिनुभएको थियो । उहाँले फजुल खर्च नगरि प्रशंसनीय काम गरेकोमा धन्यवाद दिनुभयो ।

मिराईका संचालक महेश आचार्यले बार्षिक उत्सवको अवसर पारि वाल गृहको समस्यालाई मध्यनजर गर्दै सामग्री वितरण गरिएको बताउनुभयो । उहाँले संस्थाले शैक्षिक दक्षतालाई ख्याल गर्दै मानवीय तथा सामाजिक कार्यमा निरन्तर लागिरहेको बताउनुभयो ।
मिराईका अर्का संचालक गणेश खनालले विद्यार्थीको भविष्य र परिवारको भविष्यका लागि विद्यार्थीहरुले गर्नुभएको संघर्षलाई सम्मान गर्ने बताउनुभयो । खनालले रोजगारीको शिलशिलामा बाहिर गएपनि निश्चित समय पछि स्वेदशमै फर्किएर त्यहाँ भएका राम्रा कामलाई अनुसरण गर्दै अगाडि बढ्ने अपेक्षा गर्दै भाषाअध्ययनका लागि मिराई ल्याङ्गवेज सेन्टर नै रोजाईमा पार्नका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा पत्रकार भुपाल थापा, लक्ष्मण सापकोटा, अनिता क्षेत्री, संस्थाकी रिसेप्सन बिद्या बिष्ट, जापानीज भाषा प्रशिक्षक सलिना बोहोरा, वाल गृहका कर्मचारी, वालकहरु लगायतको उपस्थिती रहेको थियो ।
कपिलवस्तु जिल्लामै उत्कृष्ट नतिजा निकाल्दै आफ्नो ख्यातीलाई कायम गर्न सफल रहेको यस प्रशिक्षण केन्द्रले निरन्तर बिद्यार्थीको हितमा काम गरेको छ ।

