महाराजगञ्जका ६२५ जनाले पाए लालपुर्जा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकाका ६२५ जनाले जग्गाधनी प्रमाण पत्र लालपुर्जा पाएका छन ।

नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमकाबिच महाराजगञ्ज नगरपालिका वडा नम्बर १ का ६२५ जनाले लालपुर्जा पाएका हुन ।

कार्यक्रममा बोल्दै नगर प्रमुख अब्दुल कलामले बर्षौदेखि लालपुर्जा नपाएर समस्यामा परेका नगरबासीलाई क्रमश लालपुर्जा दिलाउन नगरपालिकाले निरन्तर प्रयास गर्दै आएको बताए । अहिले वडा नम्बर १ का नागरिकले लालपुर्जा पाएको भएतापनि क्रमश बाकी सबैलाई लालपुर्वा दिलाउन नगरपालिकाले काम गर्ने प्रतिबद्धता जनाए ।


त्यस्तै महाराजगञ्ज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले बर्षौदेखि जोतभोग गरेको भएतापनि लालपुर्जा नपाएका नगरकबासीलाई लालपुर्जा दिलाउन नगरले गर्ने काम समयमै गर्दै सम्वन्यकारी भुमीका निर्वाह गर्ने बताए ।

नगर प्रमुख , प्रमुख प्रशाकीय अधिकृत, नापी कार्यालय कपिलवस्तुका प्रमुख जनक भण्डारी र वडा नं. १ का अध्यक्ष प्रमोद कुमार चौधरीले संयुक्त रूपमा लालपुर्जा प्रदान गरेका थिए । वर्षौँदेखि भोगचलन गर्दै आए पनि लालपुर्जा नहुँदा समस्यामा परेका स्थानीयले प्रमाण पत्र पाएपछि खुसी व्यक्त गरेका छन्।

कार्यक्रम नगर प्रमुख अब्दुल कलामको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीको स्वागत तथा एमआइएक अपरेटर बृजेश यादवको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *