जनहित अनलाईन,कपिलवस्तु । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ नजिकिएसंगै कपिलवस्तु क्षेत्र नं १ मा नेकपा एमाले उम्मेद्वार विश्राम प्रसाद थारु घरदैलोमा व्यास्त छन ।
घरदलो कै कैममा चौधरीले मत जित्नलाई पहिला जनताको मन जित्नु पर्ने बताएका छन । जनताको मन जितेकोमा आफ विश्वस्त रहेको समेत उनको भनाई छ ।
सोमबार वाणगंगाका विभिन्न वडामा मतदातासँग प्रत्यक्ष भेटघाटगर्दै उनले यस्तो बताएका हुन ।
चौधरीले जनताका गुनासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्नुका साथै दीर्घकालीन समाधानका लागि आफूले स्पष्ट योजना सहित अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त व्यक्त गरे।
यस्तै युवालाई स्वदेशमै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, साना तथा लघुउद्यम प्रवद्र्धन र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिवद्धता दोहोर्याउनुभयो। उहाँले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान, सुरक्षित आवास, स्वच्छ खानेपानी र आधारभूत सेवाको विस्तारमा विशेष पहल गर्ने उल्लेख गरे ।
घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

