मतदाता सङ्ग प्रत्यक्ष भेटघाट गर्दै उम्मेद्वार चौधरी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ फाल्गुण २१ का लागि नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बन्नु भएका विश्राम प्रसाद चौधरी (थारु) ले जनताका सुझाव, राय संकलन गर्दै सीपयुक्त युवा, आत्मनिर्भर समाज निर्माणको अभियानलाई आफुले सार्थक बनाउने विचार राख्नु भयो ।
उम्मेदवार चौधरीले निर्वाचन क्षेत्र अन्तर्गत पर्ने मायादेवी गाउँपालिका वडा नं. १ र कपिलवस्तु नगरपालिकाका नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, अपेक्षा तथा सुझावहरू संकलन गर्नुका साथै आगामी निर्वाचनमा सहयोग गर्न जनतासँग आग्रह गर्नु भएको हो।

नेकपा (एमाले) का जनप्रिय उम्मेदवार तथा संविधानसभा सदस्य समेत रहनु भएका चौधरीले स्थानीय समुदायसँग सरसल्लाह गर्दै जनआशीर्वाद ग्रहणसहित चुनावी अभियानलाई अगाडि बढाउनु भएको छ।

सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थी, लुम्बिनी प्रदेश सभा सदस्य मधु सुधन शरण चौधरी समेत सहभागी भई मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकाका विभिन्न स्थानमा जनतासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्नु भएको थियो। संयुक्त रूपमा गरिएको यस भेटघाटले स्थानीय विकास, जनस्वास्थ्य, शिक्षा तथा समग्र समृद्धिका विषयमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीहरूले बताएका छन्।

भेटघाटका क्रममा स्थानीय नागरिकहरूले आफ्ना समस्या, आवश्यकता र सुझावहरू खुलेर राखेका थिए भने उम्मेदवार चौधरीले तिनलाई गम्भीरतापूर्वक सम्बोधन गर्दै समाधानका लागि प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।
जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै अघि बढाइएको यो अभियानले आगामी निर्वाचनमा नेकपा (एमाले) प्रति जनविश्वास अझ मजबुत बनाउने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *