भोटेकोशी बाढी पीडितका लागि अर्घाखाँचीका विभिन्न संस्थाहरुको राहत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँचीका विभिन्न संघसस्थाहरुले राहत सामाग्रि प्रदान गरेका छन । बाढी प्रभावित परिवारहरुको लागि केहि सहजता होस् भन्ने उद्देश्यले जनहित अनलाइन, सिमलपानी सिर्जनशील युवा क्लब र न्युजपाना को संयुक्त सहकार्यमा खाद्यन्न, लत्ताकपडा, शैक्षिक सामाग्रि लगायतका विभिन्न समाग्रि प्रदान गरिएको हो ।

गत भाद्र १० गते भोटेकोशी नदिमा अकास्मात आएको बिनासकारी बाढीका कारण प्रभावित भएका नुवाकोटको विदुर गाउँपालीकाका परिवारहरुको लागि उक्त समाग्रि प्रदान गरिएको हो । शितगंगा नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दुर्गा बहादुर वि.सी को नेतृत्वमा गएको टोलीले चामल, तेल, नुन, साबुन सरफ, कपडा, चप्पल, शैक्षिक सामाग्रि सहितका जीन्सी सामाग्रि प्रदान गरेकोहो ।

टोलीले विदुर गाउँपालिका १ मा रहेको श्री इन्द्रेणी आधारभूत विद्यालयमा निर्माण गरिएको होल्डीङ सेन्टरमै पुगेर प्रभावित नागरिकहरुलाई उक्त सामाग्रि प्रदान गरेको हो । सामाग्रि प्रदान गर्दै वडा अध्यक्ष दुर्गा बहादुर वि.सी. ले प्रभावितहरुको लागि समग्र जिल्ला बाटै पहिलोपटक ३ वटा संस्थाले गरेको सहयोग उदाहरणीय रहेको बताउनुभयो । आफुहरुको राहत सानो भएपनि अफ्ठ्यारो परिस्थितीमा मुल्यवान हुने बताउनुभयो । अध्यक्ष वि.सी. ले शितगंगा नगरपालिकाले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको भन्दै आगामी दिनहरुमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उता राहत सामाग्रि प्राप्त गरेपछि प्रभावित परिवारहरुले टाढा टाढा बाट पनि आफुहरुको दुखमा साथ दिन आइरहेको भन्दै खुसी व्यक्त गरेका थिए । सङ्गै उनीहरु मध्ये आफन्त बेपत्ता भएका परिवारहरुले आफ्ना आफन्तहरुलाई खोजि गरिदिन पनि आग्रह गरेका थिए ।

प्रदान गरिएको राहत समाग्री अर्घाखाँचीको खाँचीकोट, नरपानी, सितापुर, ठाडा, अमराइ, भेडामारा, चाक्ला लगायतका ठाउँका स्थानीयहरुले स्वस्फुर्त रुपमा संकलन गरिदिएका थिए । उक्त कार्यमा सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष चुरा केसीले यातायातमा विशेष सहयोग गर्नुभएको थियो ।

राहत समाग्रि प्रदान गर्न वडा अध्यक्ष दुर्गा बहादुर वि.सी, सिमलपानी सिर्जनशील युवा क्लबका अध्यक्ष खिम बहादुर बि.सी., जनहित अनलाइनकी व्यवस्थापक तथा क्लबकी महासचिव अनिता क्षेत्री, युवा समाजसेवी देवसिङ बि.सी, नारायण बुढाथोकी लगायतको समुह गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *