जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघले ढक, डिजिटल काटा, तराजु नबिकरण तथा चेक जाँच सम्बन्धि कार्यक्रम गर्ने भएको छ ।
संघको कार्यालय चारनम्बर जितपुरमा उक्त कार्यक्रम भदौ २६ गते बुधबारबाट सुरु हुने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री । उनका अनुसार उक्त कार्यक्रम नापतौल कार्यालय बुटवलको सहयोगमा गर्न लागिएको हो ।
ब्यबसायीहरुको माग र आवश्यकतालाई मध्येनजर गरि उक्त कार्यक्रम गर्न लागिएको संघका महासचिव नवदत्त घिमिरेले वैखरीलाई जानकारी दिए । ढक, तराजु, डिजिटल काटा नबिकरण तथा चेक जाँच गर्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्न संघ लागिपरेको बताउँदै उनले मौकाको फाईदा उठाउन सम्पुर्ण व्यवसायीलाई अपिल समेत गरेका छन् ।