बाणगङ्गा सामुदायिक पुस्तकालयको वार्षिक साधारणसभा सम्पन्नः दुई श्रस्टा सम्मानित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । पुस्तक र पुस्तकालय को महत्त्वलाई स्थापित राखिरहन २०७३ सालमा बाणगङ्गा सामुदायिक पुस्तकालय स्थापना गरि नियमित रुपमा यश क्षेत्र का पुस्तक प्रेमी पाठकहरुलाइ सेवा प्रदान गर्दै दशौ स्थापना दिवस,नवौं बार्षिक साधारणसभा,सरस्वती पुजा,स्रस्टा सम्मान तथा रचना वाचन सहितको भब्य कार्यक्रम सम्पन्न भएको छ।वसन्त पञ्चमि को शुभ दिनमा स्थापना भएका कारण हरेक बर्स सरस्वती पुजा को दिन बार्सिक उत्सव भब्य रुपमा मनाइदै आइएको छ।

आज भएको कार्यक्रम संस्थाका अध्यक्ष दिलिप कार्किको अध्यक्षता उपाध्यक्ष दोलख बहादुर पछाइको स्वागत मन्तव्य बाणगङ्गा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनिको प्रमुख आतिथ्यता मा स्वस्ती वाचन,सरस्वती बन्दना वाचन,दिप प्रज्वलन सहित सरस्वती माताको पुजा आराधना सहित उद्घाटन गरिएको थियो।पुस्तक,पुस्तकालय र यश क्षेत्रका आम पाठकहरुलाइ पठनपाठनको प्रगतिको कामना गर्दै कार्यक्रम मा उपस्तिथ हुनुभएका बिशिस्ट अतिथि शिक्षा बिद सुर्य प्रसाद भुसाल,जेष्ठ नागरिक समाज नेपाल का अध्यक्ष गोबिन्द शिंह बिस्टले शुभकामना मन्तब्य राख्नुभएको थियो भने विभिन्न साहित्यकारका रचना वाचन ले कार्यक्रममा उत्साह प्रदान गरेको थियो।

कार्यक्रम मा बाणगङ्गा नगरप्रज्ञा प्रतिस्ठानका अध्यक्ष बालाराम ज्ञवाली,नेपाल गुरुकुल शिक्षा परिषद का सल्लाहकार हृषिकेशब भारद्वाज,नागरिक समाजका अध्यक्ष अर्जुन पोख्रेल ,बरिस्ठ समाजसेवी एबम पुस्तकालय क लागि निशुल्क भवन दाता शागरप्रसाद श्रेष्ठ,वडा नम्बर १ कि महिला जनप्रतिनिधि नेत्री टोपकला बि सि, नेपाली परम्परागत लोक संस्कृति प्रतिष्ठान का सचीव शंकर भट्टराई लगायत को उपस्तिथि रहेको थियो। बार्सिक साधारणसभा समेतको कार्यक्रम रहेकाले कार्यक्रम मा संस्थाको प्रगतिप्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन समेत संस्थाका सचिब बुद्दिसागर बेल्बासे ले प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका लेखा संयोजक धर्मराज घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गरि सबै प्रतिवेदन सर्वसम्मत अनुमोदित भएका छन। हरेक बार्सिक उत्सव मा २ जना स्रस्टा सम्मान का लागि शैक्षिक ब्याक्तित्व बासुदेव घिमिरेले ले स्थापना गरेको काव्य साधक साहित्य रत्न पुरस्कार बाट यसै क्षेत्र का कवि अनन्तराज रेग्मी र युवा साहित्यकार राधा पाण्डे (रश्मि) लाई दोसल्ला प्रमाणपत्र सहित यो बर्सको साहित्य रत्न सम्मान प्रदान गरिएको छ। डिल्लिराम शर्मा भट्टराई ,लेखनाथ घिमिरे,टंक आचार्य लगायतका सहित्यकारहरुले आआफ्ना शृजना प्रस्तुत गर्नुभएको थियो।कार्यक्रममा धर्म संस्कृति भाषा,कला र सरस्वतीको महिमाका बारेमा समेत महत्त्वपूर्ण कुरा राख्दै कार्यक्रम का प्रमुख अतिथि भक्तिराम मरासिनिले अब पुस्तकालयको भवन ब्यबस्थाका लागि स्थानीय सरकारको तर्फबाट यसै बर्सदेखी क्रमश सहयोग उपलब्ध गराउन सहयोग पुराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।कार्यक्रम को संचालन संस्थाका सचिब बुद्दिसागर बेल्बासेले पुस्तक,पुस्तकालय र सरस्वती पुजा सम्बन्धि साहित्यिक रचना वाचन सहित गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *