बाणगंगा नगरपालिकाः पुस २८ गते हिउदे नगर सभा गर्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा मगंलबार भएको बैठकले हिउदे नगर सभा गर्ने लगायतका विभिन्न महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकले योजनाहरू सुचारु गर्ने निर्णय गरेका बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नः २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिए । त्यस्तै पुस १६ गते वडा नम्बर ७ को वडा कार्यालयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

पुस २० गते वडा नम्बर ८ को उदयपुर विद्यालयमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने यसैगरी २२ गते नगरपालिकाको सभाहलमा दोस्रो चौमासिक समीक्षा गोष्ठी कार्यक्रम राख्ने बैठकले निर्णय गरेको छ ।

पुसको २८ गते हिउदे नगरसभा आफ्नै प्रशासनिक भवनमा राख्ने निर्णय समेत बैठकले गरेको छ ।

साथै बढदो जाडोलाई मध्यनजर गर्दै साझेदारी तथा सामुदायिक बनलाई चोक चोकमा काठदाउरा झार्न समेत अनुरोध गर्ने निर्णय भएको बताइएको छ ।

सो अवसरमा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले योजनाहरु समयमै सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिदैँ कामको गुणस्तरलाई पहलिो प्राथमिकता राखेर काम गर्ने आग्रह गरेका थिए ।

बैठक नगरप्रमुख चक्रपाणी अर्यालज्यूको अध्यक्षतामा उप प्रमुख रिता कुमारी चौधरी वडा अध्यक्ष कार्यपालिकाका सदस्य विषयगत शाखाका शाखा प्रमुखहरूको उपस्थितिमा रहेको थियो भने बैठकको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासनीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *