पहिरोका कारण काठमाडौँ नागढुंगा सडक बन्द 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ ।  काठमाडौँको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ। आज बिहान १० बजे देखि ढुंगामाटो र रूखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन। ढुंगा खसिरहेकाले काठमाडौँ(नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले बताए।

पहिरो पन्छाउन दुईतर्फी डोजर तयार रहे पनि पहिरो खसिरहेको हुनाले काम भने शुरु भएको छैन। ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउन शुरु हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *