नन्दनगरमा हुने ३० औँ ज्ञान-महायज्ञको तयारी तीव्र

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको पवित्र धार्मिक स्थल बाणगंगा २ नन्दनगरमा ३० औँ ज्ञान महायज्ञ हुने भएको छ । श्री कैलाश आश्रम तथा मनकामना दुर्गामन्दिरको आयोजनामा मनकामना संस्कृत विद्यापीठ गुरुकुलमको प्राङ्गणमा यही मंसिर ८ गतेदेखि १६ गतेसम्म वराहपुराण पाठपारायण तथा श्रीमद्भगवत धनधान्याचल ३० औँ ज्ञान महायज्ञ हुने गुरुकुल प्रवद्र्धन समाजका अध्यक्ष रवि ज्ञवालीले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

नैतिक मूल्यमान्यतामा आधारित शिक्षाको माध्यमबाट वैदिक सनातन धर्म संस्कृतीको प्रवर्धन गर्दै सु संस्कृत एंव सभ्य समाजको निर्माण गर्ने मुख्य उद्धेश्यले महायज्ञ आयोजना गरिएको अध्यक्ष ज्ञवालीले बताउनुभयो । महायज्ञको प्रमुख वाचकको रुपमा दिग्दर्शक वाचन शिरोमणी दिपक सापकोटा रहुनभएको उहाँले बताउनुभयो ।

त्यस्तै प्रथम दिन ९ बजेदेखि १ बजेसम्म बैरियाको सिमलपानी चोकदेखि महायज्ञ स्थल सम्म शोभायात्रा, दैनिक पुजापाठ तथा हवन बिहान ८ बजेदेखि ११ बजेसम्म, संगीतमय कथा प्रवचन बिहान ११ बजेदेखि साँझ ५ बजे सम्म, प्रसाद वितरण साँझ ५ बजे, साँझ ६ बजेदेखि ८ बजेसम्म महा आरती र राती ८ बजेदेखि १० बजेसम्म भजन कृतन हुने जनहित सङ्ग उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *