धनवन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा विभिन्न कार्यक्रम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । धनवन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा कपिलवस्तुको बाणगङ्गा ८ मा अवस्थित मोतिपुर आयुर्वेद औषधालयमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन । दिवसको अवसरमा धन्वन्तरि पुजा सङ्गै नगर स्तरीय सामुदायिक विद्यालयहरु बिच वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले स्वास्थ्यता प्राप्ती गर्नमा योग र आयुर्वेदको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । यस्ता कार्यक्रम गर्न नगरपालिकाले विगत देखि नै सहयोग गर्दै आइरहेको स्मरण गर्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालले अहिले योगको महत्व बढीरहेको भन्दै योगको फाइदा बारे सबैलाई बुझाउन आवश्यक रहेको बताउनुभयो ।

यस्तै स्वागत मन्तव्य तथा कार्यक्रम माथी प्रकाश पार्दै वरिष्ठ वैद्ध अनुपमा पराजुली धन्वन्तरि जयन्ती तथा आरोग्य विषय माथी प्रष्ट्याउनु भएको थियो ।

यता वक्तित्वकला प्रतियोगितामा दिया गिरी प्रथम, जोसिका कडेल द्धित्तिय, अजय कुमार गिरी तृतिय र स्मृति बेल्वासे सान्तवना हुनुभएको छ ।

No description available.

वक्तित्वकला प्रतियोगिताको निर्णायकहरुमा बाणगङ्गा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी., विषय बिज्ञ बाबुराम भट्टराई र कपिलवस्तु स्वास्थ केन्द्रका चिकित्सक डाक्टर आशिष कुमार चौधरी रहनुभएको थियो ।

कार्यक्रममा बाणगङ्गा ७ का वडा अध्यक्ष विष्णु गिरि, दोर्णराज बेल्वासे, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम बाणगङ्गा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालको अध्यक्षता तथा मोतिपुर आयुर्वेद औषधालयका प्रमुख तेजेन्द्र सोमैको सञ्चालनमा सम्पन्न भएको थियो ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *