दाङमा पौडी खेल्दा डुबेर एक किशोरको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ ।  घोराहीमा पौडी खेल्ने क्रममा तालमा डुबेर मंगलबार बेलुका एक किशोरको मृत्यु भएको छ।  मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१६ ठोकरैयाका १३ बर्षीय दिवश बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दिनभरी होली खेलेर बेलुकापख साथीहरुसँग स्थानीय तालमा नुहाउन पसेका बुढा डुबेर वेपत्ता भएका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई मृत अबस्थामा पोखरीबाट निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *