डढेलोले पाल्पामा तीन सातामा ३ हजार २ सय १६ हेक्टर जंगल नष्ट

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाल्पा । पाल्पामा पछिल्ला तीन सातामा १ सय ४६ स्थानमा डढेलो लाग्दा ३ हजार २ सय १६ हेक्टर जंगल सखाप भएको छ । वैशाख पहिलो सातादेखि फैलिएको डढेलोले तिनाउ गाउँपालिका क्षेत्रमा ९ सय ८९, माथागढीमा ६ सय ४, तानसेनमा ४ सय ९५, रामपुरमा ४ सय ५६ हेक्टर क्षेत्रफल जंगल सखाप भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

त्यस्तै रैनोदेवी छहरामा २ सय ७४, रम्भामा १ सय २९, पूर्वखोलामा ९४, रिब्दीकोटमा ८१, निस्दीमा २३, बगनासकालीमा ७१ हेक्टर क्षेत्रफलमा डढेलो लागको छ । बस्तीमा पसेको डढेलोले ५० भन्दा बढी घरगोठ जलेर नष्ट भएको हो ।

३० बढी पशु चौपायाको मरेको भएको प्रहरीले जनाएको छ । डढेलो निभाउने क्रममा रैनादेवी छहरामा दुई र माथागढीमा एक जना घाइने भएका छन् । अधिकांशले बारीमा लगाएको आगो जंगलमा पसेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *