जिल्लालाई चिनाउने सुपा देउराली मन्दिरको महिमा बोकेको गीत ‘लाहुरे टासेको’ सार्वजनिक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । लोक तथा दोहोरी गायक बिसाल रायमाझी र गायिका सलिना नेपालीको आवाजमा रहेको पन्चेवाजा गीत ‘लाहुरे टासेको’ सार्वजनीक भएको छ । अर्घाखाँची जिल्लामा अवस्थित नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरको महिमालाई उजागर गर्दै उक्त गीत सर्वाजनिक गरिएको गीतका लेखक तथा निर्देशक बिसाल रायमाझीले बताउनुएको छ ।

रायमाझीले यस भन्दा अगाडि पनि नक्कले भिनाजु, सिक्रि घाटीमा, पुर्वै धरान, चिया सस्तो छ लगायत विभिन्न चर्चित गीतहरु बजारमा ल्याइ सकेका छन । मन्दिर परिसर र नजिकै रहेको लहुरे टासिएको भिरमा छायाङ्कन गरिएको उक्त गीतको भिडियोमा बिसाल रायमाझी, एलिना रायमाझी, सलिना नेपाली, अनिता क्षेत्री, सुसान्त पछाई लगायतको अभिनय रहेको छ । गीत बिसाल रायमाझी युट्युब च्यानल बाट सार्वजनकि भएको छ ।

उक्त गीतमा स्वर दिने र अभिनय गर्ने सम्पुर्ण कलाकार अर्घाखाँचीकै रहेका छन । गीत ओजन स्टुडियोमा रेकडिङ भएको हो भने गीतको छायान्कन प्रकाश खड्काले गर्नुभएको हो । स्वच्छ मनले भाकल गरेमा मनोकामना पुरा हुने जनविश्वास रहेको उक्त मन्दिरमा देश तथा विदेश बाट धार्मिक पर्यटकहरु आउने गर्दछन । दैनिक हजारौँको सङ्ख्यामा भक्तजनहरु आउने उक्त मन्दिरमा विभिन्न गीत तथा भिडियोहरुको छायाङ्न समेत हुँदै आएको छ ।

अर्घाखाँची र मन्दिरलाई विश्वमाझ चिनाउन भिडियोको माध्यम बाट सहयोग गरेको भन्दै उक्त समुहलाई मन्दिर व्यवस्थापन समितिले सम्मान समेत गरेको सचिव हरि खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *