जनमत बटुल्दै काङ्ग्रेस उम्मेद्वार मुसलमान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कपिलवस्तुमा चुनावी चहलपहल तिव्र बनेको छ । पार्टीका उम्मेद्वार देखि स्वतन्त्र उम्मेद्वारहरुले मतदाता सङ्ग भेटघाट गरि माहोल आफ्नो पक्षमा बनाउन प्रयासरत रहेका छन ।

यसैबिच नेपाली काङ्ग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ बाट उम्मेद्वार अत्तहर कमाल मुसलमानले पनि मतदाता भेटघाटलाई तिव्र पारेका छन । संविधानसभा सदस्य समेत रहेका मुसलमानले दक्षिणी भेगमा मात्र नभएर उत्तरतर्फ पनि आफ्नो पकड जनमाउन सफल भएका छन ।

मतदाता भेटघाटको क्रममा उनले देशको अवस्था बदल्न अहिले काङ्ग्रेस सभापति गगन थापालाई प्रधानमन्त्री बनाउन आवश्यक रहेको बताए । आफु विगतमा पनि जनताको पक्षमा बोल्दै आएको भन्दै जनताको विपक्षमा गएर कहिल्यै कुनै काम नगर्ने उनले प्रतिबद्धता जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *