जनताको भरोसा जित्न सके मात्रै समीकरणको औचित्य पुष्टि हुन्छ : प्रचण्ड

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको भरोसा जित्न सके मात्रै सरकारको संकल्प प्रस्ताव र नयाँ समीकरणको औचित्य पुष्टि हुने बताएका छन्। सरकारको न्यूनतम साझा संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूहरू देश र जनताको पक्षमा काम गर्न नयाँ संकल्पका साथ आएको बताए।

आफू प्रधानमन्त्री भएपछि तेस्रोपटक संकल्प प्रस्ताव सार्वजनिक गरिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भाषमा संकल्प प्रस्ताव कस्तो बनायौं भन्दा पनि जनतालाई सेवा प्रवाह गर्ने क्रममा कति गम्भीर, जिम्मेवार र तत्पर भएर अगाडि बढ्छौँ भन्ने कुराले यसको र समीकरणको औचित्य पुष्टि गर्ने बताए।

‘नयाँ आशा जगाउने उद्देश्य र  समृद्धिको नयाँ यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको हो। यसैलाई ध्यान दिएर साझा संकल्प ल्याइएको छ ’, उनले भने, ‘कार्यान्वयनमा पनि तदारुकता र गम्भीरता आवश्यक छ। त्यसपछि मात्र यसको औचित्य पुष्टि हुनेछ।’

प्रचण्डले अहिले बनेको नयाँ समीकरणले पनि जनतामा भरोसा जगाउन नसके देश अप्ठ्यारोमा जाने खतरा औंल्याए। नयाँ समीकरण बनिसके पछि केही दिनभित्रै राम्रा काम अघि बढेका प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

‘मिटरब्याज, लघुवित्त, सहकारी समस्या होस् वा दशौं महिनादेखि माइतीघर मण्डलामा न्यायका निम्ति आवाज उठाउनेहरुका समस्या पनि सम्बोधन गर्ने प्रक्रिया सुरु गरिसकिएको छ’, प्रचण्डले भने, ‘समाजमा अराजकता फैलाउने, जे मन लाग्यो त्यही बोल्दै हिँड्ने प्रवृत्तिलाई पनि नियन्त्रण गर्ने प्रक्रियामा अघि बढ्छौँ।’

भ्रष्टाचार र वेथितीमा संलग्न जो कोही भए पनि सुशासनका पक्षमा काम गरिने उनले स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *