गैंडहवामा तालमा डुवेर दुई युवाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । रुपन्देहीको गैंडहवामा तालमा डुवेर दुई युवाको मृत्यु भएको छ। पौडी खेल्ने भन्दै गैंडहवा तालमा पुगेका उनीहरुको बुधवार दिउसो डुवेर मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा गैंडहवा गाउंपालिका वडा नं. १ असिहवाका करिब १७/१८ वर्षका दीपेश थारु र अरुण थारु छन्। इलाका प्रहरी कार्यालय, रुद्रपुर, रुपन्देहीका प्रहरी निरीक्षक पुष्प रोकायका अनुसार बुधबार अपरान्ह ४ बजे उनीहरु पौडी खेल्ने क्रममा डुवेका थिए।

उनिहरु घरका कसैलाई जानकारी नगराई घरदेखि करिब ७ किलोमिटरको दुरीमा रहेको गैंडहवा तालमा पौडी खेल्ने भन्दै पुगेका थिए। युवाहरु डुबेको ठाउं बस्ती रहेको किनारा भन्दा टाढा जंगलको छेउ पर्ने भएकोले सहजै जान नसकिएको स्थानीयले बताएका छन्।

प्रहरीका अनुसार सुरुमा दीपेश पौडी खेल्न तालमा पसेका थिए। दीपेश तालमा डुबेको देखेपछि उद्धार गर्न तालमा पसेका अरुण पनि डुबेको स्थानीयले बताएका छन्। युवाहरु तालमा डुबेको देखेका स्थानीय उद्धारको लागि पुग्दा उनिहरुको मृत्यु भईसकेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक रोकायले घटनास्थल र घटनाको प्रकृतिको मुचुल्का बनाएर मृतकहरुको शवलाई पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पताल लगिएको बताए।

गैंडहवा गाउंपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले टाढा रहेका स्थानीयले युवाहरु डुबेको देखेपनि उद्धारका लागि घुमेर जानुपर्दा बचाउन नसकिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *