जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वडा नम्बर ८ लौगाई स्थित १३२ केभिएको राष्ट्रिय प्रसारण लाइनको टावरमा जलेको अवस्थामा सोहि वडाको बालापुर बस्ने ४० वर्षका तुलसी थारुको शव भेटिएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र बहादुर जि.सी. ले जनहित अनलाइन सङ्ग बताउनुभयो ।
मृतक थारुमा मानसिक समस्या पनि रहेको परिवारलाई उद्रित गर्दै प्रहरीले जनाएको छ । अहिले शवलाई पोष्टमार्टमका लागि पिपरा अस्पतालमा लैजाने तयारी गरिएको प्रहरी प्रमुख जि.सी.ले बताउनुभयो ।
मृतक थारुको मुखसहित शरीरको अधिकांस भाग जलेको थियो । के कारणले ती ब्यक्ति पोलमा चढे त्यो भने खुल्न नसकेको भन्दै घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


