कपिलवस्तु १ मा रास्वपाको ‘जनतासंग उम्मेदवार’ कार्यक्रम सन्चालन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट कपिलवस्तु क्षेत्र नं. १ मा प्रत्यक्षतर्फको उम्मेदवार मोहनलाल आचार्यले जनतासंग उम्मेदवार’ कार्यक्रम सन्चालन गरेको बताएका छन । प्रत्यक्ष रुपमा मतदाता संग संवाद गर्दै सुझाव संकलन गरिएको बताइएको छ ।

पार्टीले सञ्चालन गरेको जनतासंग उम्मेदवार कार्यक्रम लिएर घरदैलो गरिरहेका रास्वपा उम्मेदवार आचार्य परिवर्तन भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ भन्ने मान्यताका साथ आफु राजनीतिमा आएको र यसमा हरेक नागरिकको सक्रिय सहभागिता नै आजको आवश्यकता भएको बताए ।

भ्रष्टाचार, कुशासन र कुरीति रहित पारदर्शी, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण सवैको साझा सपना बन्नुपर्नेमा उनको जोड छ । यो सपना साकार पार्न हामी सबै एकजुट भएर अघि बढौं, उनले घरदैलोमा जनतासंग अपिल गरिरहेका छन् । संवादका क्रममा संबिधान विज्ञ पाउदा अबको भोट घण्टीलाई भन्दै मतदाता उत्साहित भएका छन ।

आचार्य पेशाले संविधान विज्ञ तथा अधिवक्ता हुन । उनी सार्वजनिक सरोकारका मुद्दा, सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिताका विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएका व्यक्ति हुन् ।

अदालतमा सार्वजनिक महत्वका विषयमा बहस गर्दै आएका आचार्य कानुनी क्षेत्रमा मात्रै होइन, सामाजिक र नागरिक अभियानहरूमा पनि निरन्तर सक्रियता जनाउँदै आएका छन् । रास्वपाबाट उम्मेदवार बनेपछि उनले “राजनीतिमा नयाँ संस्कार, जवाफदेही नेतृत्व र नागरिक केन्द्रित शासन प्रणाली” आफ्नो प्रमुख एजेन्डा भएको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *