कपिलवस्तु–१ मा काङ्ग्रेसको चुनावी अभियान तिव्र, बैदौलीमा सम्पर्क कार्यालय उदघाटन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले चुनावी गतिविधि तीव्र बनाएको छ । नेता तथा कार्यकर्तासँग भेटघाट र पार्टी सम्पर्क कार्यालय उद्घाटन गर्दै कांग्रेसले चुनावी अभियानलाई तीव्र पारेको हो ।

मंगलबार काङ्ग्रेस कपिलवस्तु क्षेत्रनम्बर १ ले बाणगंगा–६ बैदौलीमा निर्वाचन प्रचारप्रशार सम्पर्क कार्यालयको उद्घाटन गर्दै कांग्रेसका उम्मेदवार अत्तहर कमाल मुसलमानले देशलाई सही निकास दिन र गगन थापालाई प्रधानमन्त्री बनाउन सबै कांग्रेसजन एकजुट भएर चुनावमा होमिन आवश्यक रहेको बताए ।

जेन्जी आन्दोलनपछि देशलाई सक्षम नेतृत्वको खाँचो रहेको उल्लेख गर्दै मुसलमानले कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गरे । उनले सबै कांग्रेस कार्यकर्ता र समर्थकहरू एक मन भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस नेता गणेशबहादुर क्षेत्री र ललित गुरुङले आ–आफ्नो धारणा राखेका थिए । नेपाल विद्यार्थी संघ कपिलवस्तुका जिल्ला सभापति चन्द्रकान्त पोखरेलले कार्यक्रमबारे जानकारी दिएका हुन् ।

May be an image of one or more people, flute, temple and text that says 'राष्टरियता लाकतन्त्र I समा जवाद 1 नेपाली कांग्रेस पुनाव प्रचार प्रसार समिति सम्पर्क कार्यालय णगंगा-६ ६, कपिलवस्त अतहर कमाल मुसलमान प्रतिनिधिसभा रावस्य उम्मेदवार करपिलवर्त१ 흑한해클주다 સપકેश ब्रती 미리'

Leave a Reply

Your email address will not be published. Required fields are marked *