जनहित अनलाइन,कपिलवस्तु ।
कपिलवस्तु मोबाईल फोन व्यवसायी संघको अध्यक्षमा नारायण प्रसाद घिमिरे चयन भएका छन् ।
मंगलबार बाणगंगा नगरपालिका( ७ खारखानीमा भएको संघको पाँचौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
संघको वरिष्ठ उपाध्यक्षमा दिलिप गाहा मगर, उपाध्यक्षमा सन्तोष क्षेत्री, सचिवमा माधव गैरे, सहसचिवमा दुर्गेश केवट, कोषाध्यक्षमा बालकृष्ण बेल्वासे, सहकोषाध्यक्षमा सन्दिप थारु चयन भएका छन् भने सदस्यहरुमा श्रेष्ठ र हिमलाल न्यौपाने चयन भएका छन् ।
त्थास्तै संघको सल्लाहकारहरुमा विकास न्यौपाने, केशव खनाल र कृष्ण पाण्डे चयन हुनुभएको छ ।
नवकार्यसमितिका अध्यक्ष घिमिरेले मोबाईल फोन व्यवसायीहरुको हकहितमा काम गर्दै संघलाई सुदृढ बनाउन गरि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।


