चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुमा ‘एक्स्ट्रा टाइट’ ब्राण्डमा सरफ उत्पादन सुरु भएको छ । साफिक एरियल उद्योग बाट उक्त ब्रण्डमा सरफ उत्पादन गरिएको सञ्चालन कलामुदिन मुसलवानले बताउनुभयो ।
उद्योग ब्यापार संघ कपिलवस्तुको दोस्रो स्थापना दिवसको अवसरमा अर्घाखाँचीको नरपानीमा आयोजित रणनैतक योजना तर्जुमा कार्यशाला तथा प्रशिक्षण कार्यक्रममा उक्त सरफको लञ्च गरिएको हो । स्थानीय स्तरको सामाग्रिबाट बनेको उक्त उत्पादन सबैले प्रयोग गरि आवश्यक सल्लाह सुझाब प्रदान गर्न सञ्चालन मुसलवानले आग्रह गर्नुभयो । उहाँले अहिलेसम्म तिनवटा साफि, गायछाप सहित एक्स्ट्रा टाइट प्रयोगमा ल्याएको पनि उहाँले बताउनु भयो ।
लञ्चीङ कार्यक्रममा महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठले उत्पादनले गुणस्तरीयता जोगाउदै रोजगारलाई समेत बढाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले एक्स्ट्रा टाइटले नेपालमा मात्र नभएर विदेशमा बजार विस्तार गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।
त्यस्तै उद्योग ब्यापार संघका केन्द्रिय बाणिज्य उपाध्यक्ष बाबुराम पोख्रेल र ब्यापार संघका पुर्व अध्यक्ष हुमनाथ पौडेलले जुनसुकै बस्तुमा पनि गुणस्तरीयता उच्च हुनुपर्ने भन्दै कम गुणस्तरीय उत्पादनले बजार लिन नसक्ने बताउनुभयो । खुला सिमानाकाका कारण नेपाली ब्यापारी समस्यामा परेको भन्दै गुणस्तर र मुल्यलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपील) ले स्थानीय उत्पादनलाई जोड दिन सके युवाहरुमा रोजगारी सृजना गर्न सकिने बताउनु भयो ।
उद्योग व्यापार सँगका सल्लाहकार, पदाधिकारि लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन चालन माधवभाट क्षेत्रले गर्नु भएको थियो ।
साथै सरफ प्रयोग गर्ने विजेताले प्राप्त गरेको साईकल उपहार पनि सोहि कार्यक्रममै प्रदान गरिएको थियो ।