कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुर तर्फ जाँदै गरेको यात्रुवाहक बस लमही–घोराही सडक खण्ड अन्तर्गत मुसोट नजिक चिसापानीमा दुर्घटना भएको छ ।
दुर्घटनामा परेका यात्रुहरू घाइते भएको र सबै घाइतेलाई उपचारका लागि घोराही पठाइएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
घाइतेहरूको अवस्था तथा दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

